दफा २६
सेवा निलम्बन वा अन्त्य गर्न सक्ने
(१) यस ऐन वा प्रचलित कानूनबमोजिम निर्धारित महसुल नबुझाउने वा तोकिएको समयमा महसुल नबुझाउने उपभोक्ताको सेवा बोर्ड वा सेवा प्रदायकले निलम्बन वा अन्त्य गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम सेवा अन्त्य भएकोमा उपभोक्ताले बोर्ड वा सेवा प्रदायकलाई बुझाउनु पर्ने महसुल तथा अन्य दस्तुर बुझाएमा निजलाई पुन सेवा प्रदान गरिनेछ ।